काठमाडौं । सरकारले मतदान स्थल रहेका विद्यालयहरूमा मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले आज विज्ञप्ति जारी गर्दै मतदान स्थल रहेका विद्यालयहरू ४ दिन बिदा दिने निर्णय भएको उल्लेख गरेका छन् ।
गृह मन्त्रालयका अनुसार अन्य क्षेत्रमा भने चुनावका लागि २ दिन बिदा दिइएको छ । सार्वजनिक तथा सरकारी कार्यालयहरूमा मंसिर ४ र ५ गते बिदा दिने निर्णय भएको उनले जानकारी दिएका छन् । मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ।