Skip
आज : २०८२ कार्तिक २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सिरहामा ब्राउन सुगरसहित २ जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ कात्तिक, २८ गते


सिरहा । सिरहामा लागुपदार्थ ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । धनगढीमाई नगरपालिका ५ तेतिस बिघा सडकबाट १० ग्राम ९ सय २० मिलिग्राम अवैध लागु पदार्थ ब्राउन सुगरसहित धनगढीमाई नपा १३ का २२ वर्षीय बलराम यादव र १८ वर्षीय हरिनारायण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

स।८ प। २२९९ नम्बरको मोटरसाइकलमा दक्षिणबाट उत्तरतर्फ आइरहेका बेला इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट २९ हजार नगदसहित ब्राउन सुगर जस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवाश बुढाथोकीले जानकारी दिएका छन्।

पक्राउ परेका उनीहरूलाई आजै जिल्ला अदालत सिरहाबाट लागु औषध कारोबार मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्