Hamro Sanchar

प्रदेश १ का मन्त्री तथा उम्मेदवार शेखरचन्द्र थापाको निधन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ कात्तिक, २३ गते


Advertisement

काठमाडौं । प्रदेश नम्बर १ का वन, वातावरण तथा भू-संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । उनी आगामी निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ (क) का प्रदेशसभाका उम्मेदवार समेत थिए । मन्त्री थापाको उपचारकै क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो ।

५८ वर्षीय थापा असोज २३ गते उम्मेदवारी दर्ता गराउँदा नै उनी बिरामी परेका थिए । मन्त्री थापाको फोक्सोमा निमोनिया भएको पाइएको थियो । उनलाई सर्बप्रथम गत असोज २४ गते उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएको थियो । त्यसपछि उनको त्यहाँ उपचार सम्भव नभएपछि असोज २७ गते हेलिकप्टरबाट काठमाडौंस्थित ह्याम्स अस्पताल ल्याइएको थियो ।

ह्याम्समा २२ दिन जटिल उपचार गराई केही स्वास्थ्यमा सुधार देखिएपछि उनलाई फेरि नोबेल नै पठाइएको थियो । पुनस् स्वास्थ्य जटिल बनेका उनको बुधबार उपचारकै क्रममा निधन भएको हो । मन्त्री थापा २०७४ सालको निर्वाचनमा समानुपातिक कोटाबाट प्रदेश सांसद बनेका थिए ।


प्रतिकृया दिनुहोस्