काठमाडौं, असोज २७- आफ्नै श्रीमतीलाई जेल हाल्ने भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर-१ बस्ने फुर्वा दोर्जे मोक्तान पक्राउ परेका छन् ।
बिहिबार (हिजो) बिहान ७:४० भकुन्डेबेंसीबाट फुर्वालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले हाम्रोसंचारलाई जानकारी दिए ।
फुर्वालाई भक्तपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको १९औं दिनमा उनकी प्रेमिका भनिएकी एक महिलाको बंगुर फर्म नजिकैबाट पक्राउ गरिएको हो । उनलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकको टोली खटाईएको थियो ।
पक्राउपुर्जी जारी भएलगत्तै फरार भएका फुर्वा दशैँको टीकाको भोलिपल्ट आफै आत्मसमर्पण गर्ने भनेर प्रहरीलाई सन्देश पठाएका थिए । तर उनि सम्पर्कमा आएका थिएनन् ।
उनको बिहिबार नै स्वास्थ्य जाँचसहितका अन्य प्रक्रिया पुरा गरिएको र शुक्रबार भक्तपुर जिल्ला अदालतमा बुझाइने प्रहरीले बताएको छ ।
फुर्वाविरुद्ध सिन्धुपाल्चोक पिपलडाँडा–८ स्थायी घर भई हाल काठमाडौं जिल्ला गोकर्णेश्वर–५ नयाँ वस्ती बस्ने ३८ बर्षिया भावना तामाङले बैबाहिक बलात्कार तथा यौनहिंसाको मुद्धा हालेकी थिइन् ।
मलेसियामा ब्यबसाय गर्दै आएका रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. २ फूलबारीका फुर्वा दोर्जे मोक्तान र जापानमा बस्दै आएकी भाबना तामाङबीच फेसबुकबाट प्रेम सम्बन्ध गाँसिएको र दुबैजना नेपाल आएर गत साल परम्पराअनुसार बिवाह गरेका थिए ।
जापानको पीआर होल्डर भावना कम्पनि संचालक हुन् । भने फुर्वा मलेसियामा रेस्टुरेन्ट ब्यबसाय गर्दै आएका थिए ।
उनका आफन्तहरुका अनुसार भावनामाथि फुर्वाले यौनहिंसा गर्दै आइरहेका थिए । फुर्वाले आफूलाई पनि सँगै जापान लान दबाब दिएका थिए । तर, पछि बोलाउने भनेपछि फुर्वाले श्रीमतीविरुद्ध फेसबुकलगायत सामाजिक संजालमा विभिन्न पोष्टहरु राख्न थालेका थिए ।
आफ्नो चरित्रहत्या भएपछि गत बैशाख १२ गते नेपाल नेपाल फर्केकी भावना पक्राउ परेकी हुन् । उनि हाल पुर्पक्षका लागि थुनामा छिन् ।
फुर्वाले बिना प्रमाण झन्डै डेढ करोड नगद, गरगहना र घर, जग्गासमेत भावनाले आफ्नो नाममा गरेर जापान गई सम्पर्क विहीन भएको भन्दै उजुरी गरेका थिए । भने आफु निर्दोष रहेको भन्दै बिभिन्न मिडिया, युट्युवहरुमा अन्तर्वार्ता दिँदै आएका थिए ।
यो पनि पढ्नुहोस्– आफ्नै श्रीमतीलाई जेल हाल्ने फुर्वाविरुद्ध पक्राउ पुर्जी जारी, कहाँ छन् उनी ?