Hamro Sanchar

नागरिकता विधेयक रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असोज, ४ गते


Advertisement

काठमाडौं, असोज ४- नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बिहीबार दायर गरेको निवेदनमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने माग गरिएकाे हाे ।

दायर निवेदन मंगलबार एकल इजलासमा पेशीमा चढेर स्थगित भएको सर्वाेच्च अदालतले जनाएकाे छ।

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्माको इजलासमा परेको सो निवेदन ‘हेर्न नमिल्ने’ कारण मंगलबार सुनुवाइ हुन सकेन ।

मंगलबाट स्थगित भएको निवेदन फेरि बुधबारका लागि पेशी तोकिएको छ । निवेदनमा राष्ट्रपति कार्यालय सहित प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र गृहमन्त्रीलाई विपक्षी बनाइएको छ ।

वरिष्ठ अधिवक्ता भण्डारीले संघीय संसदबाट नागरिकता विधेयक दोस्रोपटक पारित भएलगत्तै सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए ।


प्रतिकृया दिनुहोस्