काठमाडौं, भदौ २१- काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोकसहितका स्थानमा सडकमा बनेका अवैध संरचना भत्काउन ताल्चा फोडेको छ ।
अवैध संरचना भत्काउन महानगर आउने सूचना थाहा पाएपछि ढोका बन्द गरेर गएका व्यापारीहरुको टहराको ताल्चा नगर प्रहरीको टोलीले फोडेको हो ।
महानगरले यसअघि नै सडकमा राखिएको सामग्री हटाउन र अवैध संरचना हटाउन महानगरले आग्रह गरेको थियो ।
यस्तै, असन इन्द्रचोक क्षेत्रका फुटपाथमा व्यापार नगर्न नगर प्रहरीले माइकिङ सुरु गरेको छ ।
तर, महानगरको आग्रहलाई बेवास्ता गर्दै सडकमा राखिएका केही सामग्री महानगर प्रहरीले उठाएको हो ।