काठमाडौं, भदौ १९- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सांसद पदबाट राजीनामा दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
चुनाव घोषणा भइसके पनि सेवा सुविधा लिने, संसद्को कार्यकाल लम्ब्याउन खोज्ने प्रवृत्तिको प्रतिकार गर्दैै राजीनामा दिएका हुन् ।
निर्वाचन घोषणा भइसके पनि सेवा सुविधा लिने र संसद्को कार्यकाल लम्ब्याउन खोजिएको भन्दै उनले राजीनामा घोषणा गरे ।