Hamro Sanchar

फेरी बढ्यो डिजेल र मट्टीतेलको मूल्य, कति पुग्यो लिटरको ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, १७ गते


Advertisement

काठमाडौं, भदौ १७- नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ ।

बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाएको हो ।

नयाँ मूल्य अनुसार अब डिजेल र मट्टीतेल प्रतिलिटर समान १७८ रुपैयाँ पर्नेछ ।

यस्तै, पेट्रोल, हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

इण्डियन आयल कर्पोरेसनले बिहीबार नै पेट्रोलमा प्रति लिटर १ रुपैयाँ ३९ पैसा, डिजलमा प्रति लिटर ६ रुपैयाँ १२ पैसा र हवाई इन्धनमा ८ रुपैयाँ १ पैसा वृद्धि गरेर पठाएको थियो ।

आइओसीले मट्टितेल र एलपी ग्यासको भाउ भने घटाएर पठाएको थियो । निगमले भारतबाट बढेर आउनेबित्तिकै मूल्य बढाउने तर मूल्य घटेर आउँदा भने नेपालमा यथावत राख्ने गर्दै आएको छ ।

नेपाल आयल निगमले आइओसीलाई तिर्नुपर्ने बक्यौता २१ अबै रुपैयाँ भन्दा बढी पुगेको छ ।

चाडपर्वको मुखमा पेट्रोलियम पदार्थको मूल्य बढाउँदा उपभोक्ताहरु भने झनै मारमा परेका छन् ।


प्रतिकृया दिनुहोस्