काठमाडौं, भदौ १६- नेकपा एमाले भक्तपुरले पार्टीका युवा नेता एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य महेश बस्नेतविरुद्ध सामाजिक सञ्जालमा गरिएको भ्रामक तथ्यहिन सामाग्रीप्रति खेद व्यक्त गरेको छ । एमाले भक्तपुर जिल्लाका अध्यक्ष बचन देउजाले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी यस्ता व्यक्तिमाथि आआफनो तह र तप्काबाट शसक्त प्रतिरोध गर्न निर्देशन दिएका छन् ।
आम पार्टीका कार्यकर्ता र जनसमुदायले सचेततापूर्वक आफनो तह र तप्काबाट त्यस्ता कार्यको शसक्त प्रतिकार गर्न विज्ञप्तिमा भनिएको छ । साथै यस्ता अपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी कारबाही गर्न सरकारसँंग पनि जोडदार माग गरिएको छ ।
प्रतिनिधि सभा सदस्य बस्नेतको पछिल्लो अभिव्यक्तिप्रति सबैतिरबाट आलोचना र त्यसलाई अतिरञ्जित रुपमा पनि सामाजिक सञ्जाल फेसबुकमा प्रचार-प्रसार गरिएको छ ।