काठमाडौं, भदौ १६- हास्य टेलिशृंखला ‘सक्किगो नि’ का कलाकार मधुसूदन पाठक (सिते बा)ले आगामी प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएका छन् । मंसिर ४ गते हुने चुनावमा उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिन लागेका हुन् । यो क्षेत्र एमालेका वरिष्ठ उपाध्यक्ष शंकर पोखरेलको हो ।
बिहीबार ललितपुरमा आयोजित ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ मा पाठकले चुनावमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।