Hamro Sanchar

महानगरको अल्टिमेटमपछि फन पार्कले तिर्‍यो कर

प्रकाशित : २०७९ भदौ, १६ गते


Advertisement

काठमाडौं, भदौ १६- काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कले कर तिरेको छ । काठमाडौं महानगरपालिकाले २४ घन्टे अल्टिमेटम दिएपछि फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोररञ्जन कर महानगरको राजस्व विभागलाई बुझाएको हो ।

उक्त मनोरञ्जन कर पाँच वर्षको हो ।

फनपार्कले मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन कर भनी तिर्नुपर्ने नियम छ ।

यस्तै, फनपार्कले व्यवसाय कर पनि तिर्न बाँकी छ । उक्त कर भने उनीहरूले वडामा बुझाउनु पर्ने छ ।

६० रोपनी जग्गा समाज कल्याण परिषदले फनपार्कलाई भाडामा दिएको छ । बहाल करको दस प्रतिशत कर परिषदले महानगरलाई बुझाउनुपर्ने हुन्छ ।

महानगरले २४ घन्टाभित्र कर बुझाउन अल्टिमेटम दिएपछि मनोरञ्जन कर मात्र बुझाएको हो ।

पटक-पटक आग्रह गर्दा पनि वर्षौंदेखि महानगरलाई बुझाउनु पर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नतिरेपछि महानगरले‍ २४ घन्टे अल्टिमेटम दिएको थियो ।


प्रतिकृया दिनुहोस्