Hamro Sanchar

गठबन्धनका शीर्ष नेतालाई चुनावी क्षेत्र रोज्न मुस्किल

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, १६ गते


Advertisement

काठमाडौं, भदौ १६- आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वर्तमान सत्ता गठबन्धनबीच तालमेल गरेर जाने समति भएसँगै सिट बाँडफाँटको विषयमा व्यापक छलफल भइरहेको छ ।

सिट संख्या वितरणको मापदण्डका विषयमा दलहरूबीच टुंगो लागिनसके पनि पार्टीका शीर्ष नेताहरु चुनाव लड्ने पक्काजस्तै छ ।

सत्ता गठबन्धन दलले प्रमुख कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव प्रत्यक्ष निर्वाचनमा भाग लिन चाहान्छन् ।

उनीहरू कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्लान भन्ने आम चासोका साथ हेरिएकाबेला गठबन्धनको नेतृत्व गरेका कांग्रेस सभापति आफ्नै गृह जिल्ला डडेलधुराबाट चुनाव लड्ने पक्का भएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।


प्रतिकृया दिनुहोस्