काठमाडौं, भदौ १४- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका नेताहरुसहित शीतल निवास पुगेका छन् । नागरिकता विधेयकलगायतका विषयमा छलफल गर्दा प्रचण्ड शीतल निवास पुगेका हुन् ।
पछिल्लो समय राष्ट्रपति विद्या देवी भण्डारीले प्रमुख राजनीतिक दलका नेताहरुसाग संबाद गरिरहेकी छन् ।
केही दिनअघि कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवा पार्टीका पदाधिकारीसहित राष्ट्रपति भण्डारीसँग छलफल गरेका थिए । भेटमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको विषयमा चासो राखेकी थिइन् ।
राष्ट्रपति भण्डारीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुसँग पनि छलफल गरिसकेकी छन् ।
सन्देशसहित फिर्ता पठाएको नागरिक विधेयक प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेपछि राष्ट्रपति असन्तुष्ट रहेको शीतल निवास स्रोतको दाबी छ । पछिल्लो समय राष्ट्रपतिले विभिन्न पेसाकर्मीहरुसँग पनि छलफल जारी राखेकी छन् ।