Hamro Sanchar

मिचाहा वर्गलाई कानून मिचिरहन र अझ मोटाइरहन दिने छैनौं : मेयर बालेन शाह

प्रकाशित : २०७९ भदौ, १२ गते


Advertisement

काठमाडौं, भदौ १२- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कानून नमान्ने मिचाहा वर्गलाई कानून मिचिरहन नदिने बताएका छन् ।

उनले आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै आवश्यकता र औचित्यका आधारमा महानगरले कार्यकारिणी शक्तिको प्रयोग गर्ने बताएका छन् ।

‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाएकोमा पछि अन्य व्यापारिक प्रयोजनमा लगाएको कार्य स्वतः गैरकानूनी छ,’ उनले भनेका छन्, ‘अब मिचाहा वर्गलाई कानून मिचिरहन र अझ मोटाइ रहन दिने छैनौं ।’

सकेसम्म मिचाहा प्रवृतिको रोकथाम गर्ने, रोकथाम नभए नियन्त्रण गर्ने र अन्ततः न्यायिक निरुपण गरी मिचाहालाई दण्डित पनि गर्ने विकल्प खुला रहेको उनले बताए ।

‘अनधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजन परिवर्तनसम्बन्धी गैर कानूनी कार्यको थप निरन्तरता रोक्न अहिले हामी मूलतः रोकथाम तथा नियन्त्रणसम्बन्धी कारबाहीको चरणमा छौं,’ उनले भनेका छन् ।


प्रतिकृया दिनुहोस्