Skip

Hamro Sanchar

मेयर बालेनलाई मेरो समर्थन छ : रामकुमारी झाक्री

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, १० गते


काठमाडौं, भदौ १०- पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) की सांसद रामकुमारी झाँक्रीले काठमाडौंका मेयर बालेन शाहलाई आफ्नो समर्थन रहेको बताएकी छन् ।

सामाजिक सञ्जालमा शुक्रबार स्टाटस लेख्दै झाँक्रीले आफूले मन्त्री हुँदा काठमाडौंका नदी किनारा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुरू गरेपनि राजनीतिक दबाबका कारण रोकिएको बताएकी छन् ।

‘मलाईजस्तो दलीय दबाब मेयर बालेनजीलाई हुँदैन । म सधैँ तपाईंसँग हुनेछु । अहिले गरिरहेको काम गर्दै जानुहोला,’ झाक्रीले लेखेकी छन्,‘इमानदार प्रयासहरू सफल हुन्छन् ।’

पछिल्लो समय काठमाडौं महानगरले पार्किङका लागि नक्सा पास गरेर त्यहाँ अवैध संरचना बनाएका विभिन्न भवनमा त्यस्ता ठाउँहरू खाली गरिरहेको छ ।


प्रतिकृया दिनुहोस्