Hamro Sanchar

हत्कडीसहित कैदी फरार : सुरक्षा कमजोरी भएको भन्दै सुरक्षा प्रमुखको जिम्मेवारी खोसियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, ९ गते


Advertisement

काठमाडौँ, भदौ ९- नख्खु कारागारबाट कैदी भागेपछि कारागारका सुरक्षा प्रमुखको जिम्मेवारी खोसियो छ । कारागारका एकजना कैदी फरार भएपछि नेपाल प्रहरीको अनाश्रित प्रहरी गुल्मका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थपलियाको जिम्मेवारी खोसिएको हो ।

नख्खु कारागारका जेलर सुवासकुमार बुढाथोकीका अनुसार हत्कडीसहित कैदी भागेपछि सुरक्षा कमजोरी देखिएको छ । त्यस्तै नख्खु कारागारको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका इन्स्पेक्टरको नेतृत्वमा टोली खटिन्छ । भित्री सुरक्षामा सशस्त्र प्रहरी रहन्छ भने बाहिर नेपाल प्रहरीले सुरक्षा प्रदान गर्ने गर्छ ।


प्रतिकृया दिनुहोस्