Hamro Sanchar

नारायणी नदीको पुलबाट ४९ वर्षीय पुरुषले हामफाले, के छ अवस्था ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, ८ गते


Advertisement

चितवन, भदौं ८- नारायणी नदीको पुलबाट आज (बुधवार) ४९ वर्षीय पुरुषले हाम फालेका छन् । १ः४५ बजेको समयमा भरतपुर महानगरपालिका-३ पुल्चोकस्थित पुलबाट भरतपुर महानगरपालिका ४ बैधिक टोल बस्ने ४९ वर्षीय बाबुराम आचार्यले हाम फालेका हुन् ।

घटना लगत्तै पुगेको वडा प्रहरी कार्यालय नारायणगढ र विपत व्यवस्थापनको उद्धार टोलीले उनलाई सकुशल उद्धार गरेको छ । उनको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ । आचार्य बोल्न सक्ने अवस्थामा रहेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

हिजो (मंगलबार) मात्रै एक युवती नदीमा हाम फालेर वेपत्ता भएकी छन् ।


प्रतिकृया दिनुहोस्