काठमाडौं, भदौ ५- नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधन भएको शोकमा सिराहाको लहानमा बिदा दिइएको छ ।
नगर क्षेत्रभित्र शोक बिदा दिइएको मेयर महेशप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार नगरपालिकाभित्रका क्याम्पसहरू, शैक्षिक प्रतिस्ठानहरू र उद्योग बाणिज्य संघ पनि बन्द रहने छन् ।
‘उहाँ हाम्रो प्रतिनिधि सभा सदस्य हुनुहुन्थ्यो, त्यसैले नगर मातहमतमा रहेका कार्यालयमा शोक बिदा दिइएको छ’ मेयर चौधरीले भने, ‘उद्योगी व्यवसायीहरूले पनि बजार बन्द गर्ने निर्णय गर्नु भएको छ ।’
लहान गिरिको गृहनगर हो ।