Hamro Sanchar

एकीकृत समाजवादीसँग एकताको तयारी भइरहेको छ : प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, ३१ गते


Advertisement

काठमाडौं, साउन ३१- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भईरहेको बताएका छन् ।

मंगलबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी तालमेलका लागि समझदारी गरेलगत्तै उनले संचारकर्मीमाझ यस्तो प्रतिक्रिया दिएका हुन् ।

चुनावपछि पार्टी एकतानै हुने गरी सो समिति छिट्टै बनाउने सहमती माधव नेपालसँग भएको प्रचण्डले बताए । उनले पार्टी एकता पछि हुने पार्टीको नाम नेकपा हुनेमा आफूहरुबीच सहमति भएको र त्यसमा समाजवादी वा यस्तै केही थपिने पनि बताए ।

प्रचण्डले बाबुराम भट्टराईसँग पनि चुनाव पछाडि एउटै केन्द्र बनाएर जाने विषयमा सहमति गरिएको बताए । बामपन्थी आन्दोलन र कम्युनिष्ट आन्दोलनमा आफू र बाबुराम भट्टराई एकै ठाउ उभिने कुराको ठूलो अर्थ र महत्व रहेको भन्दै उहाँले आफूहरुबीचको सो सहमतिलाई कसैले रोकेर रोक्न नसक्ने दावी गरे ।

प्रचण्डले बाबुराम भट्टराईहरु पनि सत्तारुढ गठबन्धनमै रहेकाले त्यसमा आवद्ध दलहरुसँगको सहमतीमै उनीहरुको पनि सिट संख्या निर्धारण हुने विश्वास समेत व्यक्त गरे ।


प्रतिकृया दिनुहोस्