Hamro Sanchar

विष्णुमाया परियारको जीवनी अमेरिकी सरकारी विद्यालयमा पढाइ हुने, कुन बिषय समेटियो ?

प्रकाशित : २०७९ साउन, १८ गते


काठमाडौं, साउन १८- नेपालमा जन्मिएकी अधिकारकर्मी डा. विष्णुमाया परियारको जीवनी अब अमेरिकी सरकारी विद्यालयमा पनि पढाइ हुने भएको छ ।

अमेरिकाको मासाचुसेट्स राज्यको सरकारी विद्यालयहरूको लागि कक्षा ७ को पाठ्यक्रममा नेपाली सामाजिक अभियन्तासमेत रहेकी परियारको जीवनी समावेश गरिएको हो ।

विश्वको इतिहास र भूगोल विषयको ‘छुवाछूत र दिगो विकास लक्ष्य’ शीर्षकको १२ पाठमा डा. परियारको वृत्तचित्र ‘अनटचेबल’ समावेश गरिएको अमेरिकास्थित पत्रकार प्रदीप परियारले जानकारी दिएका छन् ।

सो पाठमा नेपालको जातीय विभेद र सामाजिक असमानताका बिषय समेटिएको छ । परियारको जीवनीबाट नेपालमा जातिय छुवाछुतबाट सिर्जित सामाजिक असामानतालाई सम्बोधन गर्न दलित अभियन्ता डा. परियारको संलग्नता रहेको बारे विद्यार्थीहरुले पढ्नु पर्नेछ ।

 


प्रतिकृया दिनुहोस्