Hamro Sanchar

जनार्दन शर्मा अर्थमन्त्री बन्दा गोरु पनि लजायो : ओली

प्रकाशित : २०७९ साउन, १७ गते


Advertisement

काठमाडौं, साउन १७- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाएर निर्लज्जता प्रकट गरेको टिप्पणी गरेका छन् । ‘गोरु नांगो देख्दा आफूलाई लाज लाग्दैन’ भनेर विगतमा आफूले भनेको उल्लेख गर्दै ओलीले शर्मालाई फेरी अर्थमन्त्री बनाउँदा भने ‘गोरु नै लजाएको’ समेत टिप्पणी गरे ।

मंगलबार तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रम ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

ओलीले भने, ‘‘मैले उहिले भन्या थिए, गोरु नाङ्गो देख्दा मलाई लाज लाग्दैन भनेर । यस पटक गोरु लजाउने काम सरकारले गर्यो । भ्रष्टाचारको केस लाग्या छ, छानबिन समितिमा आफ्नै बहुमत राख्या छ, छानबिन गर्न दिएकै छैन, छानबिन भएकै छैन । कल डिटेल हटाएको छ । सिसिटिभीको फुटेज मेटाएको छ, रिभाइभ गर्दा देखिँदैन बुझिँदैन । अनि सफाइ पायो कि सफाइ पायो !’’

ओलीले नयाँ अर्थमन्त्री बनाउने व्यक्ति गठबन्धनसँग नभएको पनि बताएका छन् । ‘यति निर्लज्ज तरिका हुन्छ ? फेरि उही मान्छे, यो गठबन्धनसँग अर्को मान्छे नै रहनेछ, कत्रो दम्भ, जे गरे पनि हुन्छ हामीले, हामीसँग बहुमत छ, लाजशरम किन मान्ने ? लोकलाज किन मान्ने ? कांग्रेसको भनाइ हो,’ ओलीले भने ।


प्रतिकृया दिनुहोस्