Hamro Sanchar

दिनदहाडै छुरा प्रहार गरेर पाँच लाख रुपैयाँ लुटियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, १३ गते


Advertisement

महोत्तरी, साउन १३- महोत्तरीको गौशालामा दिनदहाडै छुरा प्रहार गरेर पाँच लाख रुपैयाँ लुटिएको छ । शुक्रबार दिउँसो गौशाला नगरपालिका वडा नं. २ बाट रामगोपालपुर नगरपालिका- ७ सहसौलाका ३५ वर्षीय अरुण कुमार चौधरीमाथि छुरा प्रहार गरि सो रकम लुटिएको हो ।

प्र. २-०२-००४ प ३३४७ नम्बरको मोटरसाइकलमा सम्सीतर्फ गइरहेको समयमा चौधरीको बाँया तिघ्रामा छुरा प्रहार गरि घाइते बनाएर अज्ञात व्यक्तिहरूको एक समुहले सो रकम लुटेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा घर तर्फ जाने क्रममा एक अपरिचित मोटरसाइकलमा रहेका तीन जनाको अपरिचित समूहले मोटरसाइकलबाट झरेर आफूमाथि चक्कू प्रहार गर्दै पाँच लाख रुपैयाँ लूटेर फरार भएको पीडित चौधरीले प्रहरीसमक्ष बयान दिएका छन् ।

छुरा प्रहारबाट घाइते भएका चौधरीको गौशाला पोली क्लिनिकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।


प्रतिकृया दिनुहोस्