काठमाडौं, साउन १२- जनमत पार्टीका अध्यक्ष डा.सिके राउत ओशो सन्यासी बनेका छन् । बुधबार काठमाडौंमा स्वामी आनन्द अरुणबाट दीक्षा लिएर उनी ओशो सन्यास लिएका हुन् ।
राउतले काठमाडौंको रानीबारीमा रहेको ओशो तपोवनमा १० दिन ध्यान पूरा गरेर सन्यास धारण गरेका हुन् ।
सिके राउतले नयाँ नामसमेत पाएका छन् । उनको नयाँ नाम ‘आनन्द मैत्रय’ रहेको छ । राउत राज्य द्रोहको मुद्दामा जेल समेत बसेका थिए ।