Hamro Sanchar

विदेशमा मुत्यु भएका नेपालीकाे शव ल्याउन ठूलो चुनाैती : मन्त्री कुँवर

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, ५ गते


Advertisement

काठमाडौं, साउन ५- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा मुत्यु भएका नेपालीहरूको शव ल्याउन कठिनाइ भइरहेको बताएका छन् ।

बिहीबार गैरआवासीय नेपाली संघले आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशालामा बोल्दै मन्त्री कुँवरले अहिले अरबमा मुत्यु भएका नेपाली श्रमिकको शव ल्याउनु ठूलो चुनौतीको विषय बनेको बताए ।

मन्त्री कुँवरले अवैधानिक रूप अरब काम गर्न गएका त्यही देशमा मुत्यु भएका नेपाली श्रमिकको शव नेपाल ल्याउन नसकेको स्वीकार गरे । विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल ल्याउने कुरामा समेत सरकारलाई चुनौती रहेको बताए ।

मन्त्री कुँवरले विदेशमा मुत्यु भएका वा अलपत्र परेका नेपाली नागरिकलाई देशभित्र ल्याउनको लागि एनआरएन दुवैका दायित्व भएको बताए ।

मन्त्री कुँवरले नेपाली श्रमिकले कमाएको रकम विदेशमा नेपाली बैंकिङ प्रणालीमा सुरक्षित गर्नसके एकमुष्ठ रेमिट्यान्स नेपाल आउने बताए । उनले मेलेसिया र साउदी अरबमा धेरै नेपाली श्रमिक रहेकाले त्यहाँ नेपाली बैंकको शाखा खोल्ने विषयमा नेपाली कानून र विदेशको ऐनको विषयमा छलफल गर्न आवश्यक रहेको बताए ।

मन्त्री कुँवरले बैंक शाखा खोल्न मिल्ने अवस्था भए नेपाली बैंकहरूसँग समन्वय गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले विदेशबाट आउने रेमिट्यान्स हुण्डी तथा अन्य चोर बाटोबाट आउने गरेकाले यस्तो कार्य नियन्त्रणका लागि सरकारले काम अगाडि बढाउने बताउनुभयो ।

मन्त्री कुँवरले हुण्डी तथा चोरबाटो बाट आउने रेमिट्यान्स नियन्त्रण गर्नसके रेमिट्यान्स बढ्नसक्ने बताए । उनले नेपालीहरू विदेशमा विज्ञको रूपमा काम गर्ने तर नेपालमा विश्वास नगर्ने अवस्था रहेको भन्दै अब नेपाली विज्ञहरूलाई विश्वास गरेर काम गराउन जरुरी रहेको बताए ।

मन्त्री कुँवरले नेपाली श्रमीकले नेपालमा नै विश्वास गरे काम गर्न दिए कम खर्च र देशको ऐन,कानूनप्रति जवाफदेही हुने दाबी गरे ।


प्रतिकृया दिनुहोस्