Hamro Sanchar

भागेर सिंगापुर पुगेका श्रीलंकाका पूर्वराष्ट्रपति राजपाक्षेलाई देश छाड्न आदेश, अब कता जालान् ?

प्रकाशित : २०७९ साउन, ३ गते


काठमाडौं, साउन ३- श्रीलंकाबाट भागेर माल्दिभ्स हुँदै सिंगापुर पुगेका श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजपाक्षेलाई सिंगापुरले देश छाड्न आदेश दिएको छ ।

सिंगापुरको विदेश मन्त्रालयले राजापाक्षेलाई तत्कालका लागि शरण दिइएको भएपनि उनलाई राजनीतिक शरण दिन नसकिने भन्दै देश छोड्न आदेश दिएको हो । आर्थिक संकटले निम्त्याएको समस्या समाधान गर्न असफल भएपछि पूर्वराष्ट्रपति राजपाक्षेकाे सपरिवार नै देशबाट भागेकाे थियाे।

गत बिहिबार सिंगापुर पुगेर पदबाट राजीनामा दिएका पूर्वराष्ट्रपति राजपाक्षे अब कता जान्छन् भन्ने जिज्ञासा बढेको छ। उनिविरूद्ध सिंगापुरमा थुप्रै मुद्दा चलाउन सकिने आधार रहेकाले पूर्वराष्ट्रपति राजपाक्षे अरू कुनै सुरक्षित देशमा जान सक्ने अनुमान गरिएको छ ।

यता, श्रीलंकामा बुधबार नयाँ राष्ट्रपति चयन गरिने भएकाे छ ।


प्रतिकृया दिनुहोस्