Hamro Sanchar

अर्थमन्त्री जनार्दन शर्माद्धारा पदबाट राजीनामा, गरे यस्तो प्रतिबद्धता

प्रकाशित : २०७९ असार, २२ गते


Advertisement

काठमाडौं, असार २२- अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएका हुन् ।

शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।

एमालेले राजीनामा दिँदै आएको थियो । उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समितिसमेत गठन भएको छ । राजीनामा दिँदै शर्माले संसदीय विशेष छानबिन समितिलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सत्ता र प्रतिपक्षले यस विषयमा निष्पक्ष छानविनका लागि मार्गप्रशस्त गर्न अर्थमन्त्रीमाथि दबाब थियो ।


प्रतिकृया दिनुहोस्