पाल्पा, असार २०- पाल्पाको तिनाउ खोलामा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । भने एक वेपत्ता भएका छन् ।
जिल्लाको तिनाउ गाउँपालिका-२ झोलुङ्गे पुलस्थित तिनाउ खोलामा पौडी खेल्दा गएका भारत युपि दोहोरिया गोरखपुरका १८ वर्षीय नन्द कुमार निसादको बगाएर मृत्यु भएको हो । उनको शव बुटवल उपमहानगरपालिका–१९ लाफाचौरस्थित तिनाउ खोलामा फेला परेको थियो ।
पौडी खेल्ने क्रममा अर्का शनि कुमारलाई खोलाले बगाएको थियो । शनि भने बेपत्ता भएका छन् ।
भारतबाट सिद्धबाबा दर्शन गर्न आएको ६० जनाको टोली तिनाउ खोलामा पौडी खेल्न गएका थिए ।