काठमाडौं, असार १६- नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । तत्कालिन नेकपालाई जोडेर वाम एकता गराउने कसरतमा जुटेका गौतम पहिलो पटक ओली निवास बालकोट पुगेका हुन् ।
अहिले ओली र गौतमवीच भेटघाट जारी रहेको ओलीका प्रेस विज्ञ रामशरण बजगाईले बताए ।
गौतमले ओलीसँग वाम एकता गराउने प्रस्ताव गरेका बुझिएको छ । तर छलफल के-के भयो भन्ने बारे खुलेको छैन ।