१० मंसिर, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन्।
नयाँ व्यवस्थाअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको वरीयता उल्लेख्य रूपमा बढाइएको छ।
यसअघि सातौँ स्थानमा रहेकी गौतमलाई अब मन्त्रिपरिषद्को तेस्रो मर्यादाक्रममा राखिएको छ। यससँगै परराष्ट्रमन्त्री शिशिर खनाल एक स्थान तल झर्दै चौथो वरीयतामा पुगेका छन्।
गौतमको वरीयता बढेसँगै यसअघि उनीभन्दा माथि रहेका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्सालको मर्यादाक्रम पनि एक–एक स्थान तल झरेको छ।
नयाँ हेरफेरपछि अन्य मन्त्रीहरूको मर्यादाक्रम भने यथावत् राखिएको छ।
प्रधानमन्त्रीको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मर्यादाक्रम परिवर्तन गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

























