Skip

Hamro Sanchar

एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थप, मंसिर २५ सम्म शुल्क बुझाउन पाइने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ८ गते


Advertisement

८ मंसिर, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षाको आवेदन फाराम भर्ने म्याद १५ दिन थप गरेको छ।

यसअघि मंसिर ८ गतेसम्म तोकिएको समयावधि दशैं, तिहार र छठलगायतका पर्वका कारण अपुग भएको भन्दै विभिन्न विद्यालयले म्याद थप गर्न माग गरेका थिए।

सोही मागअनुसार बोर्डले आवेदन फाराम भर्ने तथा राजस्व बुझाउनेसहितका सबै प्रक्रिया पूरा गर्न थप १५ दिन समय दिएको हो। अब विद्यार्थीले मंसिर २५ गतेसम्म राजस्व बुझाउन सक्ने बोर्डले जनाएको छ।

 


प्रतिकृया दिनुहोस्