Skip

Hamro Sanchar

बालेनको मोदीलाई धार्मिक उपहार, रुद्राक्ष र पशुपतिको चन्दन दिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ७ गते


Advertisement

७ मंसिर, काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्षको माला र पशुपतिनाथको चन्दन उपहार दिएका छन्।

सोमबार भएको भेटवार्ताका क्रममा शाहले विशेष बाकसमा राखिएको रुद्राक्षको माला र पशुपतिनाथबाट लगिएको चन्दन मोदीलाई हस्तान्तरण गरेका हुन्।

जवाफमा मोदीले प्रधानमन्त्री शाहलाई विशेष घडामा राखिएको गंगाजल उपहार दिएका छन्। उपहार आदानप्रदानपछि दुई प्रधानमन्त्रीबीच द्विपक्षीय भेटवार्ता सुरु भएको थियो।

 


प्रतिकृया दिनुहोस्