३ मंसिर, काठमाडौं । सशस्त्र प्रहरीका पूर्व एआईजी वंशीराज दाहालले आफूलाई सेवाबाट हटाउने निर्णयविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुहार मागेका छन्।
गृहमन्त्री सुधन गुरुङको निर्णय उल्ट्याउन माग गर्दै उनले पुनरावेदन दिएका हुन्।
इनम सापकोटासँगको सम्बन्ध र सुरक्षा संवेदनशील सूचना चुहाएको आरोपपछि मन्त्रालयले दाहाललाई असोज २३ गते पदमुक्त गरेको थियो।
उनको चार वर्षे कार्यकाल सकिन चार दिन मात्रै बाँकी थियो भने पदावधि थपको प्रक्रियासमेत अघि बढिरहेको थियो।
कानुनले बर्खास्तीको निर्णयविरुद्ध ३५ दिनभित्र मन्त्रिपरिषद्मा पुनरावेदन गर्न सक्ने व्यवस्था गरेपछि दाहालले त्यही बाटो रोजेका हुन्।
पदावधि थपिएको भए उनी २०८४ असोजसम्म सेवामा रहन सक्थे।
























