काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको दोस्रो बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ।
भोलिदेखि सुरु हुने पार्टीको राष्ट्रिय भेलाअघि बैठक बोलाइएको हो।
राष्ट्रिय भेलाको तयारी तथा आवश्यक विषयमा छलफल गर्न बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।

























