Skip

Hamro Sanchar

एनभिडियाको सीईओमा हुआङ फर्किए आपत्ति छैन : ट्रम्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १ गते


Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका पूर्वसीईओ जोनसन हुआङ पुनः नेतृत्वमा फर्किए आफूलाई कुनै आपत्ति नहुने बताएका छन्।

हुआङले दुई महिलासँगको सम्बन्धबारेका विवरण सार्वजनिक भएपछि केही दिनअघि पदबाट राजीनामा दिएका थिए।

तीमध्ये एक महिलामाथि चीनका लागि जासुसी गरेको आशंका गरिएको छ। यसैबीच, हुआङका सहयोगीहरूले उनलाई पुनः सीईओ बनाउन माग गरिरहेका छन्।

ट्रम्पले सोमबार उनको पुनरागमनप्रति सकारात्मक धारणा व्यक्त गरेका हुन्।


प्रतिकृया दिनुहोस्