जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनकी पत्नीले उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै यस वर्षको छठ पर्व सम्पन्न गरेका छन् ।
जनकपुरधामस्थित गंगासागर घाटमा आज बिहान पुगेका लामिछाने दम्पतीले परम्पराअनुसार उदाउँदो सूर्यलाई अर्घ दिएका हुन्।
चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठ पर्वको अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यस वर्षको पर्व विधिवत् रूपमा समापन भएको छ।

























