काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) ले विभिन्न पदमा ९ जना कर्मचारी करार सेवामा नियुक्त गर्ने भएको छ।
रासस केन्द्रीय कार्यालय भद्रकाली प्लाजा, काठमाडौंले दृश्य सम्पादक र छायाँकार पदमा कर्मचारी माग गर्दै आवेदन खुलाएको हो।
प्रकाशित सूचनाअनुसार अधिकृतस्तर छैटौँ तहमा एक जना दृश्य सम्पादक माग गरिएको छ। त्यस्तै, सहायकस्तर पाँचौँ तहमा तीन जना दृश्य सम्पादक र सहायकस्तर चौथो तहमा पाँच जना छायाँकारका लागि दरखास्त आह्वान गरिएको छ।
इच्छुक नेपाली नागरिकले सूचना पहिलोपटक प्रकाशित भएको मिति २०८३ कात्तिक ३० गतेदेखि सात दिनभित्र आवेदन दिनुपर्नेछ।
आवेदकले राससको वेबसाइटमा उपलब्ध दरखास्त फाराम भरी आवश्यक कागजातसहित एउटा पीडीएफ फाइल बनाई [email protected] मा इमेल गर्न सक्नेछन्। पीडीएफ फाइलको आकार २ एमबीभन्दा कम हुनुपर्नेछ।
त्यस्तै, योग्य उम्मेदवारले आवश्यक कागजातसहित रासस प्रशासन शाखामा भौतिक रूपमा उपस्थित भएर पनि आवेदन दिन सक्नेछन्।


























