काठमाडौं । चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइएको छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सम्पन्न भएको छ।
गत शुक्रबारदेखि सुरु भएको छठ पर्वको अन्तिम दिन आज बिहानै व्रतालुहरू नदी, पोखरी तथा विभिन्न छठघाटमा पुगेर उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन्।
छठको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुहरूले सोमबार बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य अर्पण गर्दै पर्वको विधिवत् समापन गरेका हुन्।
काठमाडौंको कमलपोखरीसहित देशका विभिन्न स्थानमा छठ पर्व उल्लासपूर्वक मनाइएको छ। विशेषगरी तराई–मधेशका जिल्लाहरूमा छठघाटमा श्रद्धालुहरूको उल्लेख्य सहभागिता देखिएको थियो।
छठ पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ।

























