Skip
आज : २०८३ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्पमा छठले ऊर्जा प्रदान गरोस् : प्रधानमन्त्री बालेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २९ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

छठ पर्वको अवसरमा फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले सरकारले सबै धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई प्राथमिकतामा राखेको बताएका हुन्।

उनले छठ पर्वले प्रकृतिप्रतिको कृतज्ञता, आपसी सद्भाव र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने सन्देश दिने उल्लेख गरेका छन्।

छठले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्न सकारात्मक ऊर्जा प्रदान गरोस् भन्ने कामनासमेत उनले गरेका छन्।


प्रतिकृया दिनुहोस्