काठमाडौं । जनकपुरधामबाट भारतको धार्मिक नगरी अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन हुने भएको छ।
भारतीय रेल मन्त्रालयले ६०४ किलोमिटर लामो रेलमार्ग सञ्चालनका लागि स्वीकृति दिएको हो।
निर्धारित तालिकाअनुसार प्रत्येक शनिबार जनकपुरधामबाट रेल अयोध्याका लागि छुट्नेछ भने सोमबार अयोध्या क्यान्टबाट जनकपुर फर्किनेछ।
बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै चल्ने रेलले जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती र मनकापुरलगायतका स्टेसनमा यात्रु चढाउने तथा ओराल्ने सुविधा दिनेछ।
यो सेवा सुरु भएपछि धार्मिक यात्रु, पर्यटक, विद्यार्थी तथा दुई देशबीच आवतजावत गर्ने सर्वसाधारणलाई सहज हुने

























