Skip
आज : २०८३ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

लुम्बिनीको दबदबा, शीर्ष स्थानमा रहँदै प्लेअफमा प्रवेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २८ गते


Advertisement

काठमाडौं । विराटनगर किंग्सलाई चार विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा लिग चरणको शीर्ष टोली बनेको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९।५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

लुम्बिनीको जितमा डार्सी सर्ट र आरिफ शेखले समान ४५ रन बनाए। त्यस्तै अली शेखले २७ र सन्दीप जोराले २५ रनको योगदान दिए।

यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले चरिथ असलंकाको ६४ रनको मद्दतमा २० ओभरमा १६६ रन बनाएको थियो। लुम्बिनीका किशोर महतोले दुई विकेट लिए।

जितसँगै ११ अंक जोडेको लुम्बिनी शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको छ। अब उपाधि दौडमा लुम्बिनीसहित सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोज रहेका छन्।

उता पराजित विराटनगर ६ अंकमै सीमित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।


प्रतिकृया दिनुहोस्