Skip

Hamro Sanchar

सरकारलाई नयाँ वर्षसम्म टिक्न नदिने महेश बस्नेतको चेतावनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २८ गते


Advertisement

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन्।

उनले आगामी नयाँ वर्षसम्म पनि सरकारलाई टिक्न दिन नहुने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई आन्दोलनको तयारीमा जुट्न आग्रह गरेका छन्।

आज एमाले बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै बस्नेतले सरकारविरुद्ध अन्य राजनीतिक दलसँग समेत सहकार्य गर्न सकिने बताए।

उनले सरकारका गतिविधि जनतामाझ पुर्‍याउन प्रविधिको प्रयोग गर्न र पार्टी संगठन बलियो बनाउन निर्देशन दिए।
बस्नेतले सरकार तथा सत्तारुढ दलका नेतामाथि सहकारी ठगीलगायतका आपराधिक गतिविधिमा संलग्न रहेको आरोपसमेत लगाए।

साथै, आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै एमालेलाई पहिलो शक्ति बनाउने गरी तयारी थाल्नुपर्नेमा जोड दिए।


प्रतिकृया दिनुहोस्