जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत लिन नसक्ने भएपछि राजीनामा दिएका छन्।
उनले प्रदेशसभा बैठकमै सम्बोधन गर्दै पद त्यागको घोषणा गरेका हुन्। एमाले र नेपाली कम्युनिस्ट पार्टीले समर्थन फिर्ता लिएपछि यादव सरकार अल्पमतमा परेको थियो।
१०२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५२ सांसद आवश्यक भए पनि समर्थन जुटाउन नसकेपछि उनले राजीनामा दिएका हुन्।
अब प्रदेश प्रमुखले संविधानको धारा १६८९२० अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनेछन्।

























