Skip

Hamro Sanchar

काठमाडौंबाट हेटौँडा जाने यात्रुवाहक गाडी राति ८ बजे फर्पिङ कटिसक्नुपर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २८ गते


Advertisement

 

काठमाडौं । काठमाडौं–फर्पिङ–कुलेखानी–हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सो सडकमा रातिको समयमा यात्रुवाहक सवारीसाधन सञ्चालनका लागि नयाँ समय तालिका लागु गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार, काठमाडौंबाट बल्खु, दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सार्वजनिक सवारीसाधन बेलुका ८ बजेसम्म प्रहरी चेकपोष्ट फर्पिङ पुगिसकेको हुनुपर्नेछ ।

उक्त रुटमा चल्ने यात्रुवाहक भाडाका एवम् सार्वजनिक सवारीसाधन बिहान ५ बजेपछि मात्र बल्खुबाट छुट्न पाउनेछन् । यात्रुवाहक भाडाका एवम् सार्वजनिक सवारीसाधनको प्राविधिक अवस्थाको पूर्ण जाँच गरेर मात्र सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ ।

जिल्ला सुरक्षा समितिको शुक्रबारको बैठकले काठमाडौं जिल्लाभित्रका उक्त रुटमा पर्ने प्रहरी युनिटले कडाइका साथ भाडाका एवम् यात्रुवाहक प्रत्येक सवारी साधनको अनिवार्य रूपमा जाँच गर्ने निर्णय गरेको प्रजिअ पौडेलले जानकारी दिए ।

काठमाडौंबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा दुर्घटना हुँदा एकै परिवारका ६ सहित १४ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ६ जना घाइते भएका थिए


प्रतिकृया दिनुहोस्