२७ कार्तिक, काठमाडौं । जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग ९एनपीएल० को प्लेअफ सम्भावना जीवित राखेको छ।
हारसँगै जनकपुर भने प्रतियोगिताबाट बाहिरिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
चितवनको जितमा डेविड मलानले सर्वाधिक ३५ रन बनाए। उनले अन्तिम बलमा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर ८८ रन मात्रै बनाएको थियो। कप्तान हर्मित सिंहले २५ र विशालले १५ रन बनाए। चितवनका रञ्जित कुमारले सर्वाधिक ३ विकेट लिए।
जितसँगै चितवन ७ अंकसहित चौथो स्थानमा उक्लिएको छ। अब उसले प्लेअफमा पुग्न आइतबार कर्णाली याक्ससँग खेल्नेछ।
सात खेलबाट ४ अंक मात्रै जोडेको जनकपुर भने लिग चरणबाटै बाहिरिएको छ।

























