२७ कार्तिक, मकवानपुर । मकवानपुरको भीमफेदीमा भएको भयावह विद्युतीय माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका १३ जनाको शव आफन्तले बुझेका छन्।
हेटौँडा अस्पतालमा पोस्टमार्टमपछि आज मृतकका परिवारलाई शव हस्तान्तरण गरिएको हो।
क्षतिपूर्ति, घाइते बालबालिकाको शिक्षा तथा पालनपोषण र मृतक परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका थिए।
प्रशासनसँगको छलफलमा पीडितका माग सात दिनभित्र सम्बोधन गर्न पहल गर्ने सहमति भएपछि उनीहरू शव बुझ्न तयार भएका हुन्।
दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये चालकको शव यसअघि नै परिवारले बुझिसकेका थिए। बाँकी १३ शव शुक्रबार सर्लाही पुर्याएर अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। दुर्घटनामा एकै परिवारका ६ जनासहित १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए

























