Skip
आज : २०८३ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौंलाई स्तब्ध पार्दै सुदूरपश्चिम प्लेअफमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २७ गते


Advertisement

२७ कार्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ।

लिग चरणको अन्तिम खेलमा जित निकालेसँगै सुदूरपश्चिम १० अंक जोडेर अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। सात खेलमध्ये पाँचमा जित र दुईमा हार बेहोरेको टोलीले दमदार प्रदर्शन गर्दै प्लेअफको यात्रा पक्का गरेको हो।

१२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो।

यो हारसँगै काठमाडौंको प्लेअफ यात्रा तत्काल टुंगिन सकेन। चार जित र दुई हारसहित ८ अंक जोडेको काठमाडौंले अब पोखरा एभेन्जर्ससँगको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ।


प्रतिकृया दिनुहोस्