Skip
आज : २०८३ कार्तिक २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गगन थापाद्वारा भीमफेदी दुर्घटनाप्रति दुःख व्यक्त, मृतकप्रति श्रद्धाञ्जली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २६ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले भीमफेदीस्थित चिसापानीगढीमा भएको सवारी दुर्घटनामा १० जनाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

काठमाडौं‌बाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको गाडी दुर्घटनामा परी ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

साथै, दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शोकमा रहेका परिवारलाई यो असह्य पीडा सहन सक्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन्।


प्रतिकृया दिनुहोस्