Skip
आज : २०८३ कार्तिक २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

शैक्षिक प्रमाणपत्र विवादमा इन्डोनेसियाका उपराष्ट्रपतिले दिए राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २६ गते


Advertisement

काठमाडौँ । शैक्षिक प्रमाणपत्र विवाद चर्किएपछि इन्डोनेसियाका उपराष्ट्रपति गिब्रान राकाबुमिङ राकाले राजीनामा दिएका छन्।

उनका सहयोगीका अनुसार उनले बुधबार राष्ट्रपति प्रबोवो सुबियान्तोलाई राजीनामा पत्र बुझाएका हुन्।

सर्वोच्च अदालतले उनको माध्यमिक तहको शैक्षिक प्रमाणपत्र अमान्य ठहर गरेपछि उनीमाथि महाभियोगको दबाब बढेको थियो। १०० भन्दा बढी सांसदले महाभियोग प्रक्रिया अघि बढाउने पहललाई समर्थन गरेका थिए।


प्रतिकृया दिनुहोस्