Skip
आज : २०८३ कार्तिक २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भाइटीकाले दाजुभाइ–दिदीबहिनीको सम्बन्ध अझ प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २५ गते


Advertisement

२५ कार्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले भाइटीका पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै उनले यमपञ्चकको अन्तिम दिन भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयता अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका हुन्।

उनले पौराणिक मान्यताअनुसार यमराज र यमुनाको प्रसङ्ग स्मरण गर्दै भाइटीकाको धार्मिक तथा सांस्कृतिक महत्त्वसमेत उल्लेख गरेका छन्।

बालेनले भाइटीकाका अवसरमा दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै सप्तरङ्गी टीका, मखमली तथा सयपत्रीको माला लगाइदिने र दाजुभाइले पनि दिदीबहिनीलाई दक्षिणा तथा आशीर्वाद दिने परम्परालाई आत्मीय सम्बन्धको प्रतीकका रूपमा प्रस्तुत गरेका छन्।

भाइटीकाले परिवारबीचको माया, सद्भाव र आपसी सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै उनले सबैमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।

 

 


प्रतिकृया दिनुहोस्