२४ कार्तिक, काठमाडौं । गृहमन्त्री सुदन गुरुङले चाडपर्वको नाममा हुने अश्लील तथा अमर्यादित गतिविधिप्रति सरकार गम्भीर रहेको बताएका छन्।
मौलिक संस्कृति र परम्पराको मर्यादा विपरीत देउसीभैलोका क्रममा हुने गतिविधि कानुनअनुसार नियन्त्रण गरिने उनले बताएका छन्।
यस्ता गतिविधि देखिए तत्काल प्रहरीको १०० नम्बरमा खबर गर्न आग्रह गर्दै गुरुङले नेपाली संस्कार र संस्कृति जोगाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

























